जनजागृती नमुना माध्यमिक बिद्यालयमा नेबिसंघको १४७ सदस्यीय इकाई समिति गठन



सोलुखुम्बु।सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरीस्थित जनजागृती नमुना माध्यमिक बिद्यालयमा नेपाल विद्यार्थी संघले सर्मिला नेपालीको अध्यक्षतामा १४७ सदस्यीय इकाई समिती गठन गरेको छ ।
जिल्ला कार्य समिति सोलुखुम्बुको संगठन विस्तार कार्यक्रम अन्तर्गत
नेपाल विद्यार्थी संघले सो विद्यालयमा सर्बसम्मत रूपमा ईकाइ समिति गठन गरेको जनाएको हो।

कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यार्थीहरुले नेपाल विद्यार्थी संघ विद्यार्थीहरुको हक हितका निम्ति काम गर्ने संस्था भएका कारण नेपाल विद्यार्थी संघलाई थप सशक्त बनाउनु पर्ने धारणा राखेका थिए ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सोलुखुम्बुका सचीव मोहन कृष्ण निरौलाले विद्यार्थीहरुको साझा समस्या समाधान गर्न नेपाल विद्यार्थी संघ प्रतिबद्ध रहेको बताउंदै नेपाल विद्यार्थी संघलाई थप सशक्त एवं समय सापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका  नेपाल विद्यार्थी संघ सोलुखुम्बुका नेता कपिल राईले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्