आगामी बर्षको बजेट निर्माण पूर्ब नेचासल्यानले लियो सरोकारवालाको सुझाव
डिल्ली शर्मा,साेलुखुम्बु।साेलुखुम्बु जिल्लाकाे नेचासल्यान गाउँपालिकाले आगामी आर्थिक बर्ष२०८१/८२काे लागि बजेट बजेट निर्माण तथा बाँडफाँडकाे सन्दर्भमा सुझाव संकलन गरेकाे छ।

गाउँपालिकालाई समृद्द बनाउन के कस्ता नीति तथा कार्यक्रम कार्वान्यन गर्न सकिन्छ भन्ने उदेश्यले नेचासल्यानमा कृयाशिल राजनितिक दलका प्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधि, लक्षित समुहका प्रतिनिधि तथा विद्यालय्का प्रधानाध्यापक एबं सराेकारवालहरु र जनप्रतिनिधीका बिचमा अन्तरक्रिया गरिएकाे हाे।
नेचासल्यान गाउपालिका प्रमुख धनजन राईकाे अध्यक्षतामा सम्पन्न सुझाब संकलन तथा अन्तरक्रिया कार्यमा सराेकारवालाहरुले गाउमा राेजगारी सृजना,स्थानिय उत्पादनमा जाेड दिने र चालू खर्चमा मितब्ययीता अपनाउनुका साथै तथ्यांक संकलन र बिश्लेसनकाे आधारमा दीर्घकालीन याेजना निर्माण गर्न सुझाव दिएका थिए।
पर्यटन बिकास,आधुनिक कृषि प्रणाली,ब्यबसायिक र सीपमूलक शिक्षा,साथै सुलभ स्वास्थ्य सेवा प्रदानकाे लागि आगामी नीति तथा कार्यक्रम बनाउन र नीति तथा कार्यक्रम तयार गरि साेहि अनुसार कार्यन्वयनका लागि बजेट बिनियाेजन गर्न सुझाब प्रदान गरेका छन्। यसका साथै गाउपालिकाबाट सम्पादन हुने र सम्पादन भएका सबै क्रियाकलापकाे सार्बजनिक सुनुवाई गरि सुशासनकाे प्रत्याभुति दिलाउन समेत जनप्रतिनिधिहरुसंग माग गरेका छन्।
नेचासल्यान गाउपालिकामा बिगत दुई आर्थिक बर्ष यता सार्बजनिक सुनुवाई गरिएकाे छैन। अन्तरक्रिया कार्यक्रममा गाउंपालिका प्रमुख राईले बजेट अभावकाे कारण जनताले साेचेजस्ताे बिकासले गति लिन नसकेकाे बताउँदै गत आर्थिक बर्षहरुकाे सार्बजनिक सुनुवाई आगामी भदाै सम्ममा गरिसक्ने र प्राप्त सुझावहरुलाई नीति तथा कार्यक्रममा समाबेश गरि कार्यन्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे।
नेचासल्यानमा आगामी आर्थिक बर्षकाे लागि करिब ४६ कराेड बजेट उपलब्ध हुने र अन्य दातृ निकाय र विभिन्न साझेदार संघ संस्थाहरुकाे सहकार्यमा बजेट निर्माण र कार्यान्वयन हुने छ।

