यस्ता छन् बजेटका प्राथमिकता र उद्देश्य
काठमाडौं।सरकारले आउँदो आर्थिक वर्षको बजेटमा पाँच वटा मुख्य प्राथमिकता कायम गरेको छ । आउँदाे आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब रूपैयाँको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्राथमिकता र उद्देश्य समेत सार्बजनिक गर्नुभएको हो।

आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन,कृषि, ऊर्जा, सूचना प्रविधि,पर्यटन,औधोगिक विकास र पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास,समावेशीता र सामाजिक सुरक्षा,सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवामा सुधार सरकारको पाँच प्राथमिकता रहेको वहाँले बताउनुभयो।
जसमा उत्पादन, उत्पादकत्व र रोजगारी र निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि,मानव संशाधनको विकास,स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढंगले परिचालन गरेर गरिबी न्यूनीकरण गर्नु तथा सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाउनु बजेटको उद्देश्य रहेको अर्थमन्त्री पुनले बताउनुभयो।

