सुन जस्तो देखिने पहेंलो धातुसहित एक महिला पक्राउ



काठमाडौं।भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औंठी ३ थानसहित एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकी रहेको प्रहरीले जनाएको छ।बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातुसहित फेला पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट शनिबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्