आजदेखि पोलियोविरुद्धको खोप अभियान सुरु हुँदै
काठमाडौं । सरकारले आजदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दुई हप्तासम्म चल्ने अभियानमा पोलियोविरुद्धको बालबालिकालाई ‘आईपीभी’ खोप दिइनेछ ।

आईपीभी खोप नेपालमा २०७१ असोज महिनादेखि शुरु भएको थियो । तर २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका यो खोप लगाउन छुटेका थिए । अभियानमार्फत छुटेका ती बालबालिकालाई आईपीभी खोप दिन लागिएको हो ।
यसअघि खोप लगाउन छुटेका बालबालिकालाई अभियानमा सहभागी गराउन आग्रह गरिएको छ । स्वास्थ्य सेवा विभागले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले बालबालिकालाई खोप लगाउन अनुरोध गरेको छ ।

