नेपालमा कोभिड १९ का दुई नयाँ भेरियन्ट पुष्टि
काठमाडौं।नेपालमा कोभिड १९ को दुई नयाँ भेरियन्ट पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड १९ को ओमिक्रोन भेरिएन्टको नयाँ सब–भेरिएन्ट केपी.१ र केपी.२ नेपालमा पुष्टि भएको हो ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै जिनोमसिक्वेन्सिङ गर्दा ४० प्रतिशतमा ती दुई सब भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसअघि पनि ओमिक्रोन भेरियन्टको जेएन.१ लगायत सबभेरियन्ट पुष्टि भएको थियो।पछिल्लो समय देखिएको केपी भेरियन्ट भने सिंगापुरलगायत केहि देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ।

