पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु



काठमाडौं । तनहुँमा पौडी खेल्न गएका तीन जनाको डुबेर मृत्यु भएको छ । बन्दिपुरको बट्टारस्थित पोखरीमा पौडी खेल्ने क्रममा २० वर्षीय विनोद गुरुङ र अर्का २० वर्षीय हिरा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गर्मी छल्न गाउँका ६ जना युवा पौडी खेल्न गएका थिए । अन्य चारजना भने सकुशल छन् । त्यस्तै, व्यास नगरपालिकाको मादी नदीमा१३ वर्षीय बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालकको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्