राप्रपाले प्रचण्ड सरकारलाई बिश्वासको मत नदिने,जनप्रदर्शनको मिति पनि सर्‍यो



काठमाडौं।राप्रपाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई बिश्वासको मत नदिने निर्णय गरेको छ।

सोमबार सम्पन्न पार्टी कार्यसम्पादन समितिको बैठकले गठबन्धनमा बिश्वासको मतको विपक्षमा मतदान गर्ने र सरकारमा सहभागी नहुने निर्णय गरेको हो।

बैठकपछि जारी गरिएको बिज्ञप्तिमा सो पार्टीले प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरेको जनाईएको छ।

नेपाल सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौंमा गर्ने भनिएको  जनप्रदर्शन पनि स्थगित गरिएको छ। एसईइ परीक्षाको समय र लाखौं विद्यार्थी, अभिभावकको असुविधा र संवेदनशीलतालाई ध्यान दिई काठमाडौं केन्द्रित जनप्रदर्शनको मिति परिवर्तन गरी चैत २७ गते गर्ने निर्णय भएको पनि बिज्ञप्तिमा जनाईएको छ।

बृहत् जनप्रदर्शनको स्वरूप तय गर्न पार्टीका वरिष्ठ नेता उपाध्यक्षहरू र सबै उपाध्यक्षहरू रहने गरी समिति गठन गरेको पनि सो पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्