सोनाम ल्होछारका अवसरमा पोर्चुगलमा तामाङ समाजको भव्य कार्यक्रम



लिस्वन,पोर्चुगल।तामाङ समाज पोर्चुगलले लिस्वनमा भव्यताका साथ सोनाम ल्होछार मनाएको छ । मज्जुश्री सम्बत २८६० औँ डु्रक मु पुख्री ल्होको अवसरमा समाजले शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरी ल्होछार पर्व मनाएको हो ।

कार्यक्रमको शूरुवातमा तामाङ समूदायका धर्मगुरु (लामा) ले विधिपुर्वक जल तथा प्रसाद वितरण गरेका थिए ।

कार्यक्रममा नेपाली अवैतानिक महावाणिज्यदूत मकरबहादुर हमालले विदेशमा रहेर पनि आफ्नो कला संस्कृतिको प्रर्वदनमा तमाड्ड समाजले खेलको भुमिका प्रति कृतज्ञता व्यक्त गर्दै कार्यक्रमको भव्य सफलताको शुभकामना दिएका थिए । त्यस्तै गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्का लगाएत पोर्चुगलमा सक्रिय विभिन्न वैचारिक क्षेत्रिय तथा जातिय समुदायका प्रतिनिधिहरुले कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।

औपचारिक कार्यक्रमको समापन पछि चर्चित तथा लोकप्रिय कलाकारहरु विजय लामा,रोज मोक्तान, विरेन्द्र गुरुड्ड, भारती तामाङ्ग, रामकृष्ण तामाङ,विशाल लामा लगाएत स्थानीय कालकारहरुले आफ्नो उत्कृष्ट सिर्जनाहरुको साथमा प्रस्तुती दिएका थिए । समाजले आयोजना गरेको कार्यक्रममा तामाङ समुदायको भेषभुषा, रहनसहन र खानाका परिकारसहित परम्परागत पोसाकमा सजिएका युवायुवतीले डम्फु र टुङ्नाको धुनमा मेहेन्दोमा र शेलो नृत्य प्रस्तुत गरेका थिए । बेलुका करिब ११ बजेसम्म चलेको कार्यक्रममा तामाङ समूदाय मात्र नभइ लिस्वनमा रहको अन्य समूदायका व्यक्तिहरुले पनि सक्रियतापुर्वक कार्यक्रममा सहभागिता जनाएका थिए ।

कार्यक्रममा तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योन्जनले हामी नेपालीहरु जहाँ रहे पनि आफ्नो भाषा, संस्कृति, चाडपर्वको उत्थान सम्बर्धनका लागि लागिरहेको र त्यसैको एउटा उदाहरण तामाड्ड समाजको यस कार्यक्रम रहेको पनि बताए ।

साथै उनले पोर्तुगलमा विभिन्न समयमा विभिन्न समस्यामा परेकाहरुलाई सहयोग र उद्घार गरिरहेको र हालसालै सडक दुर्घटनामा परि गम्भिर घाइते भएकी सुस्मिता मोक्तनको उपचार तथा कानुनी लडाइको लागि आम नेपाली समूदायले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै थप सहयोगको अपेक्षा गरेको पनि बताए ।

तामाङ समुदायको सामाजिक सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान छ । यो समुदायमा बौद्घ धर्म अनुसार दानदक्षिणासहित शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । ल्होसारलाई नयाँ वर्षका रूपमा लिइन्छ। मञ्जुश्री पात्रो अनुसार २८६० औँ वर्ष शुरु भएको छ। खरायो वर्ष पूरा गरी ड्रुक वर्ष प्रवेश भएको छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

यो पर्व तामाङसहित ह्योल्मो, थकाली, जिरेल, भोटे, दुरा, लेप्चा लगायतले आ(आफ्नो परम्परा अनुसार मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्