`समुदायमा कांग्रेस´अभियान, नेता केसी आज ओखलढुंगा जादैँ
केदार बस्नेत काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसी आज ओखलढुंगा जानू हुने भएको छ।नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार`समुदायमा कांग्रेस´अभियान अन्तर्गत केसी त्यस जिल्लाको केन्द्रीय प्रतिनिधि भएकोले त्यहाँ जान लाग्नुभएको उहाँका स्वकीय सचिव वेदप्रसाद वनले जानकारी दिनुभयो।

नेता केसी गृह जिल्ला सोलुखुम्बुबाट ओखलढुंगा जान लाग्नुभएको केसीको निजी सचिवालय मार्फत सामाजिक सञ्जालमा जानकारी गराईएको छ।
नेता केसी ओखलढुंगासँगै मोरङ,पाँचथर,उदयपुर,ताप्लेजुङ र इलाममा समेत प्रतिनिधिका रुपमा जानुहुनेछ। कांग्रेसले फरक टोली फरक जिल्ला पठाएको छ।
फरक-फरक जिल्लामा फरक-फरक समुदायबीच पुग्न र संवाद गर्दै अभियानलाई प्रभावकारी बनाउँन टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरु सहभागी रहने कांग्रेसले उल्लेख गरेको छ।कार्यक्रम तोकिएका जिल्लाहरुमा भिन्न-भिन्न समुदायका बीचमा भ्रमण,भेटघाट र छलफलहरुको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्नेछ।
उक्त अभियान माघ १६ गते सहिद दिवसदेखि सञ्चालन भएर सुशील कोइराला स्मृति दिवस अर्थात २६ गतेसम्म जिल्लामा रहनेछ।(फाईल तस्वीर)

