लिखु हाईड्रोको चरम लापरबाही : जल्दै गर्दाको शव खोलाले बगायो,मलामीको भागाभाग
काठमाडौं।रामेछाप र सोलुखुम्बु दुई जिल्लाको सिमाना भएर बग्ने लिखु नदिको बाल्दिङघाटमा अन्त्यष्टी गरिंदै गरेको शब खोलाले बगाएको छ।

आत्महत्या गरेका रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका- १ गुम्देल रामेछाप बाल्दिङ्ग निवासी ३२ बर्षीय झप्पड बहादुर थापाको शबको अन्त्यष्टीका क्रममा जल्दै गरेको अवस्था खोलाले बगाएको स्थानीयको भनाई छ।खोलामा एक्का पानीको वहाव बढेर जल्दै गरेको लाश खोलाले बगाएपछि मलामीहरुको समेत भागाभाग भएको स्थानीयले बताए।
लिखु-२ हाइड्रोपावरले बिना सूचना ड्यामबाट पानी छोडदा सो घटना भएको बताईएको छ।मेसिनमा खराबी आएका कारण ड्याम्म खोलिएको हाइड्रोले जनाएको छ।
पटकपटक स्थानीयलाई दु:ख दिंदै आएको हाईड्रोका कारण उक्त घटना घटेपछि पछि स्थानीय थप आक्रोशित बनेका छन् हाइड्रोपावरले गरेको यो अर्को चरम लापरबाही भएको स्थानीय बासिन्दा समेत रहेका राप्रपा जिल्ला कार्यसमिति सोलुका अध्यक्ष राजेन्द्र बस्नेतको टिप्पणी छ।[सांकेतिक तस्बिर]

