कपिलबस्तुका विभिन्न ठाउँमा पूर्बराजाको भब्य स्वागत,शिवराज नगरपालिकामा पृथ्वीनारायण शाहको सालिक अनावरण
बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको छ।

शिवराज नगरपालिकाकाद्धारा २५ लाखको लागतमा निर्मित सो शालिकको पूर्बराजा ज्ञानेन्द्र शाहले शनिबार अनावरण गर्नुभएको हो। शालिक अनावरणका लागि कार्यक्रममा पुग्नुअघि पूर्वराजा शाहलाई जिल्लाको दोहनी, गैडाहवा, बहादुर गन्ज लगायतका स्थानमा स्थानीयले भब्य स्वागत गरेका थिए।
सो अवसरमा पूर्वराजा शाहले नागरिक अभिनन्द समेत ग्रहण गर्नुभएको थियो। पूर्वराजालाई रुपन्देहीको भैरहवामा पुस १९ गते नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

