जनयुद्ध दिवसमा सार्बजनिक बिदा दिने सरकारको निर्णय गैरकानुनी ठहर



काठमाडौं । सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने निर्णय बदर गरेको छ ।

द्वन्द्वकालमा पिता मारिएका माओवादी पीडित तथा अधिवक्ता रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले फागुन १ लाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णय बदर गरेको हो।

रिट निवेदकले माओवादीले युद्ध थालेको दिनलाई राष्ट्रिय दिवस मनाइँदा उनीहरुबाट मारिएका हजारौं द्वन्द्वपीडित र तीनका परिवारमाथि अन्याय हुने भन्दै सरकारको निर्णयलाई चुनौती दिएर २०८० असोजमा रिट दायर गरेका थिए।

सर्वोच्चको यो फैसलासगै प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डको जनयुद्ध दिवसमा विदा दिने निर्णय गैरकानुनी ठहर भएको छ। अब उक्त निर्णय कार्यान्वयन हुने छैन।

प्रतिक्रिया दिनुहोस्