बालकुमारी घटना छानबिनका लागि डीआईजी आचार्यको नेतृत्वमा समिति गठन
काठमाडौं।सरकारले ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा गृह मन्त्रालयले ३ सदस्यीय छानबिन समिति गठन गरेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।
समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।
ईपीएस कोरिया शाखामा विरोध प्रदर्शन गर्न पुगेका दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाहको बालकुमारीमा प्रहरीले प्रहार गरेको गोली लागेर मृत्यु भएको थियो।

