ललितपुर: मन्त्री ज्वालाको गाडीमाथि आगजनी



केदार बस्नेत काठमाडौं। ललितपुरको बालकुमारीमा भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ । आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीहरुले मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।

बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी भएको हो । मन्त्री ज्वाला र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीहरुले गाडीमा आगो लगाएका हुन् । उक्त गाडी मन्त्री ज्वालाले प्रयोग गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्