सोताङमा अंग्रेजी माध्यमका लागि पांँच दिने शिक्षक तालिम सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सोताङ गाउँपालिकामा अंग्रेजी माध्यमका लागि पांच दिने शिक्षक तालिम सुरु भएको छ।गाउँपालिकाको आयोजना तथा रीड नेपालको प्राविधिक सहयोगमा तालिम बुधबारबाट सुरु तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतले गर्नुभएको हो।

कार्यक्रमलाइ सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बस्नेतले अहिलेको विद्यार्थीहरु भनेको अन्तराष्ट्रिय बजारमा बिक्ने खालका उत्पादन गर्नु समयको माग भएकोले अंग्रेजी माध्यमको पठनपाठन सुरु गरिएको बताउनुभयो। सुरु सुरुमा केही अप्ठेरो भए पनि अभ्यासमा जोड दिएर अंग्रेजी माध्यमलाई प्रभावकारी बनाउन आग्रह गर्दै बस्नेतले अंग्रेजी माध्यमलाई आफ्नो कार्यकालमा प्रभावकारी रुपमा लागु गरेरै छोड्ने अठोट व्यक्त गर्नुभयो।
कार्यक्रममा रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले गाउँपालिकाको अंग्रेजी माध्यम शिक्षणको अभियानलाई सार्थक बनाउनका लागि प्राविधिक सहयोग गरेको र सहभागीहरुलाई सक्रियरुपमा तालिममा सहभागी भएर सिक्नका लागि आग्रह गर्नु भयो।कार्यक्रममा अतिथिहरुले तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक शरद गौतम,अभिषेक विक्रम शाह, राजीब ढुंगाना र जुनु हिराचनले गरि रहनुभएको छ।
कार्यक्रममा वडा अध्यक्षहरु गोकर्ण बस्नेत र मानबिर राई, शिक्षा शाखा प्रमुख नन्दराज राई, गाउँपालिका प्रबक्ता बलकुबिर राईको उपस्थिति रहेको थियो !
तालिममा पालिका भित्रका ६० जना शिक्षकहरुको सहभागिता रहेको आयोजकले जनाएको छ। यसै शैक्षिक सत्रबाट गाउँपालिकाले एल केजी कक्षा थप गरेर अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिसकेको छ।

