ग्राहयता छुट्टाएर तीन दिन भित्रै सवारी चालक अनुमति पत्र दिने तयारीमा बिभाग
काठमाडौं।अध्ययन तथा रोजगारी र शान्ति मिसनमा विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने भएका छन्।

यातायात ब्यवस्था विभागले बुधबार सूचना जारी गर्दै विशेष ग्राहयता छुट्टाएर तीन दिन भित्रै लाइसेन्स दिन लागिएको जनाएको हो।त्यसका लागि छिटो लाइसेन्स चाहिने ब्यक्तिले आगामी पुस १५ गतेदेखि विभागको वेभसाइट applydinew.dptm.gov.np मार्फत निवेदन दिन सक्ने पनि सूचनामा जनाईएको छ।
यसरी आएको निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण गरिने विभागले जनाएको छ । यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुनेछ ।

