जिमी राईको भवन निर्माणमा सक्दो सहयोग गर्ने नगरप्रमुख शेर्पाको प्रतिबद्धता



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले नेपाली मौलिक संस्कार, संस्कृतिलाई जीवन्त राखियो भने मात्रै पछिल्लो पुस्ताले अनुसरण गर्न सक्ने भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ।

मंगलबार उधौंली पर्बको अवसरमा जिमी (राई) उत्थान समाज सोलुखुम्बुले सल्लेरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख समेत रहनुबएका कार्यक्रमका प्रमुख अतिथि शेर्पाले सो कुरा बताउनुभएको हो।किराँत समुदाय प्रकृति पुजकको रुपमा रहेकाले उधौली पर्बको विशेष महत्व रहेको बताउंदै शेर्पाले किराँतहरु जाति नभई सभ्यता भएकाले प्रदेश १ को नामांकन गर्दा प्रदेशको नाम किराँत राख्नका लागि सबै भन्दा पहिला आफुले हस्ताक्षर गरेको स्मरण गराउनुभयो ।

किराँतहरुको मौलिक संस्कार र संस्कृतिको संरक्षणका लागि जिमी राईले खेलेको भूमिकाको प्रशंसा गर्दै शेर्पाले जिमी राई उत्थानको भवन निर्माणको क्रममा रहेकाले यसलाई पुर्णता दिन नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो।

कार्यक्रममा सोलुदधकुण्ड नगरपालिका उपमेयर गान्धी माया तामाङ, प्रमुख प्रशासकीय अधिकृत कोपिला राई,जिमी राई उत्थान समाजका केन्द्रीय अध्यक्ष एस बहादुर राई,जिमी राई उत्थान समाज स्थानीय समितिका पुर्व अध्यक्ष रामसंर्घष किराँती र समाज स्थानीय समितिका अध्यक्ष डाक बहादुर राईले आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।file foto

प्रतिक्रिया दिनुहोस्