जिम्बिर झोडेनी सामूदायिक वन उपभोक्ता समूहको २९ औं अधिबेशन सम्पन्न



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।जिम्बिर झोडेनी सामूदायिक वन उपभोक्ता समूह नेचासल्यान- १ को २९ औं अधिवेशन तथा उपभोक्ता भेला सम्पन्न भएको छ ।

अधिवेशनले लाक्पा शेर्पाको अध्यक्षतामा ८ सदस्यीय उपभोक्ता समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा कमला तामाङ, कोषाध्यक्षमा लाक्पाफुटी शेर्पा सहसचिव पेमादावा शेर्पा, सचिव लाक्पाछिरी शेर्पा रहेका छन् भने सदस्यहरुमा क्रमशः सोम्बालकी शेर्पा, राजकुमार श्रेष्ठ र ज्ञानु तामाङ रहेका छन् ।

अधिवेशन नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यता तथा वडा नं. १ का वडा अध्यक्ष रमेशकुमार राईको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । सामूदायिक वन उपभोक्ता समूहमा ३६५ घरधुरी सदस्यहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्