समसामयिक बिषयमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल



काठमाडौं।प्रमुख तीन दलका शीर्ष नेताहरूका बीचमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको पनि उपस्थिति रहेको थियो।

संक्रमणकालीन न्यायसम्बन्धी विषय, आसन्न राष्ट्रिय सभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्