‘हामी र हाम्रो कृति समूह’काे नवाैं कृति ‘चुटुक्क’ मुक्तक संग्रह विमाेचित



काठमाडौं।हामी र हाम्रो कृति समूहकी नवीन आजीवन सदस्य साहित्यकार, मुक्तककार प्रीति आत्रेय ज्ञवालीज्यूको समूहको नवौं कृतिको स्थान ओगट्न सफल मुक्तक सङ्ग्रह’चुटुक्क’को बिमोचन गरिएको छ।

नेपाली शिक्षा परिषद(लेखनाथ साहित्य सदन)सोह्रखुट्टे, काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. रेणुका सोलुले सो संग्रहको बिमोचन गरेकी हुन्।ममता मृदुलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समीक्षक कल्पना काफ्लेले बिमोचित कृति ‘चुटुक्क’का बिषयमा धारणा व्यक्त गर्दै कृतिकारलाई बधाई तथा कृति सफलताको लागि शुभकामना दिएकी थिइन भने ‘हामी र हाम्रो कृति समूह’का अध्यक्ष मदन प्रसाद नेपालले समूहका बारेमा छाेटाे जानकारी गराएका थिए।कार्यक्रमको सञ्चालन साहित्यकार भुवन सिवाकाेटी चौघरेले गरेका थिए।

साहित्यिक संघ संस्थाका प्रतिनिधिसहित झण्डै साहित्य अनुरागीहरुको उपस्थिति रहेको कार्यक्रममा सर्जकलाई शुभकामना मन्तव्य सहित केही आमन्त्रितद्वारा विमोचित कृतिबाट रचना वाचन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्