शिक्षा क्षेत्रमा रीडको सहयोग महत्वपूर्ण र प्रशंसनीय : अध्यक्ष राई
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालको आयोजना तथा महाकुलुङ गाउँपालिकाको समन्वयमा एकीकृत पाठ्यक्रममा आधारित ३ दिने पुनर्ताजगी शिक्षक तालिम बुङमा सुरु भएको छ।

शनिबारबाट सुरु तालिमको उद्घाटन गर्दै पालिका प्रमुख कुलुङले शिक्षक पेशा मर्यादित र अनुकरणीय भएकोले शिक्षकहरुले सोही अनुसारको व्यवहार विद्यार्थीसंग गर्न र तालिममा सिकेका सीप व्यवहारमा लागु गर्न आग्रह गर्नुपर्ने बताउनुभयो।शैक्षिक क्षेत्रमा रीड नेपालको सहयोग महत्त्वपूर्ण र प्रशंसनीय रहेको बताउंदै अध्यक्ष राईले यसलाई निरन्तरता दिंदै थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत झमक कटुवाल र सामाजिक विकास समिति संयोजक पर्खिधन कुलुङले शुभकामना व्यक्त गर्नुभएको सो कार्यक्रममा रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए !
३ दिन सम्म चल्ने उक्त तालिममा एकीकृत पाठ्यक्रमको अवधारणा, व्यवहारकुशल सिप एकीकृत पाठयोजना निर्माण, नमुना अभ्यास शिक्षण र विद्यार्थी सिकाइ मूल्यांकन लगाएतका विषय वस्तु समेटिने रीड नेपालका शिक्षा विकास अधिकृत सरद गौतमले जानकारी दिनुभयो तालिममा ९ विद्यालयका २६ जना शिक्षक र २ जना स्थानीय स्रोत शिक्षक गरी २८ जनाको सहभागिता रहेको छ तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक केशव देव गिरी, सरद गौतम र सुजाता राईले गरिरहनुभएको छ !

