नेफ्स्कूनको खुला सदस्यमा ढकालको उम्मेदवारी



काठमाडौं।सहकारीकर्मी योगेश ढकालले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को निर्बाचनमा खुला सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

याद ॠण बचत सहकारीका संथापक ढकालले संकटापन्न अवस्थामा पुगेको सहकारी आन्दोलनलाई ठिक दिशामा ल्याउन योगदान गर्ने उद्देश्यले आफुले नेफ्स्कूनको कार्यसमिति चयनका लागि हुने निर्बाचनका लागि उम्मेदवारी घोषणा गरेको बताएका छन्।

कतिपय कमजोरी र कतिपय नकारात्मक प्रचारका कारण अहिले सहकारी संस्थाहरु जीवनमरणको दिसांधमा पुगेका बेला यसलाई पूर्ववत् अवस्थामा पुर्‍याएर थप बिकास र बिस्तारका लागि आफुले सबैका लागि बित्तीय स्वतन्त्रता,बलियो समुदाय निर्माणमा साथ,पुरानै लयमा सहकारी,सहकारी:समाजबाद उन्मुख,अर्थ ब्यबस्थाको आधारलाई प्रमुख मुद्दा बनाएको ढकालको भनाई छ ।

नेफ्स्कूनको ३२औं साधारणसभा आजबाट सुरु हुंदैछ।भोलि सम्म चल्ने साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्