एमाले नेता बास्कोटाको प्रश्न-मन्त्री किरांतीले कत्रो जेल बनाउलान?



काठमाडौं।पर्यटन,संस्कृति तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीको विवादस्पद अभिब्यक्तिको यतिबेला चौतर्फी बिरोध भइ रहेको छ। बुधबार’क्रिश्चियन नमान्ने संविधान विरोधी हुन’ भन्ने मन्त्री किराँतीको अभिब्यक्ति सार्बजनिक भएसंगै धार्मिक द्वन्द भढ्काउन खोजेको आरोप उनीमाथि लागिरहेको छ।

उनको यो अभिव्यक्तिप्रति चर्को असन्तुष्टि प्रकट गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले तत्काल मन्त्री किरांतीलाई बर्खास्त गर्न माग गरेका छन्।जिम्मेवार ठाउमा बसेर धार्मिक दंगा भड्काउने खालका यस किसिमका अभिव्यक्ति स्वीकार्य नहुने चेतावनी समेत उनले दिएका छन्। कटाक्ष प्रहार गर्दै पुर्व मन्त्री बाँस्कोटाले अहसहमित दर्ज पनि गरेका छन ।

उता,नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्;-‘संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान त अब ? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या हिन्दु, बौंध्द, मुस्लिम आदि करीब ९८ प्रतिशत रहेछ,’ उनले कटाक्ष गर्दै भनेका छन, ‘माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो। धर्म ब्यक्तिगत स्वतन्त्रता होतर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान।’ रहेका बताए।

प्रतिक्रिया दिनुहोस्