महाकुलुङमा लैंगिकता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यशाला तथा शिक्षा क्षेत्र योजना हस्तान्तरण कार्यक्रम सम्पन्न



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालको आयोजना तथा महाकुलुङ गाउँपालिकाको समन्वयमा लैंगिकता तथा सामाजिक समावेशीकरण सम्बन्धी कार्यशाला तथा शिक्षा क्षेत्र योजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

महाकुलुङ गाउँपालिकामा संचालित कार्यक्रममा लैंगिकता तथा सामाजिक समावेशीकरण र बाल सुरक्षाको विषयमा छलफल गरिएको छ । कार्यक्रममा पालिका भित्रको लैंगिकताको अवस्था लैंगिक विभेद तथा लैंगिक हिँसाको बारेमा पनि छलफल गरिएको थियो।साथै कार्यक्रमममा महाकुलुङ गाउँपालिकाको शिक्षा क्षेत्र योजना माथी छलफल गर्दै रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङलाई शिक्षा क्षेत्र योजना हस्तान्तरण गरिएको छ पालिकाको शिक्षा योजना रीड नेपालको प्राविधिक सहयोगमा निर्माण भएको हो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विपना कुलुङ, नि. प्रमुख प्रशासकीय अधिकृत झमक बहादुर कटुवाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य , पालिकाका शाखा प्रमुखहरु विद्यालय व्यवस्थापन समिति तथा प्र अ हरुको उपस्थिति रहेको थियो।

शिक्षा योजना माथिको छलफलको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले गर्नु भएको थियो भने लैंगिकता माथिको छलफल लक्ष्मी श्रेष्ठले गर्नु भएको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुर्यबहादुर कुलुङले विकासको महत्त्वपूर्ण पाटो शिक्षा रहेको बताउदै योजना निर्माणले त्यो कुरालाई सहयोग गर्ने बताउनु भयो साथै रीड नेपालले शिक्षा क्षेत्रमा अतुलनीय सहयोग गरेको भन्दै योजना निर्माणमा सहयोग गरेकोमा धन्यवाद दिनु भयो।रीड नेपालले खुम्बु बाहेक सबै स्थानीय तहको शिक्षा योजना निर्माण गरेको छ भने लैंगिकता सम्बन्धी कार्यशाला संचालन गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्