राहत शिक्षक समिति सोलुखुम्बुको अध्यक्षमा पुनः बास्तोला



सोलुखुम्बु।नेपाल राहत शिक्षक समिति सोलुखुम्बुको अध्यक्षमा खगिन्द्रराज बास्तोला पुनः अध्यक्ष चयन भएका छन्।

कोशी प्रदेश सभा सदस्य तथा पूर्बमन्त्री बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न जिल्ला कार्य समितिको चौथो अधिबेशनले बांस्तोलाई आगामी कार्यकालका लागि अध्यक्षमा पुनः सर्बसम्मत चयन गरेको हो।

अधिबेशनले अध्यक्ष बास्तोलासंगै २३ सदस्यीय जिल्ला कार्यसमिति पनि सर्बसम्मत चयन गरेको नेपाल राहत शिक्षक समिति सोलुखुम्बुले जनाएको छ।समितिमा उपाध्यक्षमा राम बहादुर बस्नेत,महिला उपाध्यक्षमा रत्न कुमारी शर्मा, सचिवमा दिनेश फुयल,सह सचिवमा विनोद बस्नेत, कोषाध्यक्षमा गंगा राउत (बस्नेत) छन् ।

अधिबेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजभण्डारीले शिक्षक शिक्षकबीच एकताको भावना कायम राखी राजनैतिक बिचारभन्दा माथि उठेर अगाडि बढेको खण्डमा शिक्षकले हेपिन नपर्ने बताउंदै शिक्षक पेशागत वृत्ति विकासमा आफूले प्रदेस तथा केन्द्रमा आवाज बुलुन्द गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

अधिवेशनमा कोशी प्रदेशका राहत शिक्षक संघका अध्यक्ष गुरु प्रसाद अधिकारी, कोशी प्रदेशका राहत शिक्षक संघका महासचिव रविन्द्र मैनाली, प्रगतिशिल शिक्षक संगठनका सचिव होम खतिवडा, नेपाल शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष लाल प्रसाद बास्तोला, शिक्षक संघका अध्यक्ष मदन राई , राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष टक दाहाल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्