राष्ट्रिय झण्डा आधा झुकाएर आज कुवेतका अमिरको शोक मनाइने
काठमाडौं।कुवेतका अमिरको निधनमा सरकारले सोमबार शाेक मनाउने भएकाे छ।उनकाे शाेकमा देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा आधा झन्डा झुकाइनेछ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अमिरकाे निधनमा गहिरो दुःख व्यक्त गर्दै यस्ताे निर्णय गरेकाे हाे।कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाजेर अल सबाको ३० मंसिरमा ८६ वर्षको उमेरमा निधन भएको थियो।

