चिवा भञ्ज्याङ पुगेर समापन गरियो एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’
काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले १८औँ दिनमा आफ्नो मध्यपहाडी लोकमार्गकेन्द्रित यात्राको समापन गरेको छ ।गएको मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिएको हो ।

समापनका अवसरमा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् ।
झुलाघाट–चिवा भञ्ज्याङ संकल्प यात्राको क्रममा पाँचथर सदरमुकाम फिदिमबाट ओली आजै नेपाल भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ पुगेका थिए ।
बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर मध्यपहाडी पुष्पलाल मार्ग हुँदै एमाले अध्यक्ष ओलीसहितको टोली १८ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेको हो ।
‘समृद्धिका लागि संकल्पयात्रा’ नारा दिइएको अभियान शतप्रतिशत सफल भएको एमालेको निष्कर्ष छ ।

