रिहा भए पूर्ब गृहमन्त्री खाँण



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता बालकृष्ण खाण रिहा भएका छन्।
बिहीबार उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा रहेका खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी शुक्रबार छुटेका हुन्।

उनले आज जिल्ला अदालत काठमाडौँमा ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका थिए। अदालतबाट उनलाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइएको थियो। विभागमा उनले १५ लाख रुपैयाँ धरौटी बुझाए।

विभागपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराइएको थियो। अख्तियारले उनलाई साधारण तारेखमा छाडेपछि उनी आजै रिहा भएका हुन्।

उनी शरणार्थी प्रकरणमा २७ वैशाखमा पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्