प्रमुख प्रशासकीय अधिकृत सम्बन्धि विवादले लियो एक युवाको ज्यान



बारा । प्रमुख प्रशासकीय अधिकृतको बिषयमा उत्पन्न विवादमा एक युवाले ज्यान गुमाउनु परेको छ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर घाइते एक जनाको मृत्यु भएको बुधबार मृत्यु भएको हो।

प्रहरीको गोली लागेर घाइते भएकी अन्दाजी २४/२५ वर्षका लक्ष्मी मुखियाको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्