प्लास्टिकका रुख लगायत सजावटका सामाग्री किनबेचमा प्रतिबन्ध



काठमाडौं।काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख प्रयोगमा पनि रोक लगाएको छ।

वातावरणीय दिगोपनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महानगर क्षेत्रभित्र चाडपर्वका लागि प्लास्टिकका फूल तथा प्लास्टिकका रुख प्रयोगमा रोक लगाएको सूचना अधिकारी वसन्त आचार्यले बताए।

महानगरले काठमाडौंभरका सुपरमार्केटमा राखिएका प्लास्टिकका फूल तथा रुखलाई हटाउन शुरु गरेको छ। प्रदर्शनका लागि राखिएका प्लास्टिकका सबै फूल र रुख हटाउन थालिएको उनले बताए।

तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको थियो। अब प्लास्टिकका बिरुवा तथा रुख पनि प्रयोग गर्न रोक लगाएको हो।

यसैगरी प्लास्टिकका रुख,प्लास्टिकका फूल,माला र सजावटका अन्य सामग्री किनबेच नगर्न पनि महानगरले अनुरोध गरेको छ।
(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्