आजबाट बागमती प्रदेश प्रवेश गर्दै एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’
काठमाडौं।मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट शुरु भएको एमालेको समृद्धिका लागि संकल्प यात्रा शनिबार गण्डकी प्रदेश सकेर बागमती प्रदेश गर्दैछ।

पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार गएराति गोरखामा बास बसेको टोली शनिबार बिहान धादिङ प्रवेश गर्न लागेको हो। ‘गएराति गण्डकी प्रदेशको गोरखामा बसेका थियौँ’, उनले भने, ‘आज बिहान सल्यानटारमा खाना खाएर हामी धादिङ प्रवेश गर्नेछौँ।’
शनिबारको सभा नुवाकोटको विदुरमा हुने एमालेले जनाएको छ। नुवाकोट मध्यपहाडी राजमार्गको विन्दु हो। एक हजार ८७९ किलोमिटर लामो राजमार्गको आधा भाग नुवाकोटबाट पूर्व र आधा भाग पश्चिमतर्फ पर्छ। ‘यात्राको दशौँ दिन हामी मध्यभागमा आइपुग्दैछौँ’ गौतमले भने ‘अब नौ दिनमा बाँकी दूरीको यात्रा हुनेछ ।’
एमालेको समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको यात्रा गरिसकेको छ। मंसिर १४ गते सुरु यात्रा पूर्वी सीमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुंगिनेछ। file foto

