कुमार प्रयासलाई’द भ्वाइस अफ नेपाल’को बिजेता बनाउन सबैले भोटिङ गरौं:अध्यक्ष राई



काठमाडौं।नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला समन्वय समितिका संयोजक असिम राईले नेपालको चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपाल Season-5 का प्रतिस्पर्धी कुमार प्रयास राईलाई विजयी बनाउन नैतिक, आर्थिक र भौतिक सहयोग गर्न सबैसंग अपिल गर्नभएको छ।

सिजन -5 बाट भोटिङ राउन्डमा प्रवेश गरेका ‘कुमार प्रयास राई जिताऔं अभियान समिति’ले काठमाडौंको सुकेधारास्थित स्मार्ट महल क्याफेमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्तब्य व्यक्त गर्दै जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष समेत रहनुभएका राईले कुमार प्रयासको यो सफलता थुलुङ दुधकोशी गाउँपालिका,सोलुखुम्बु र प्रदेशको मात्रै नभएर नेपालकै गौरव गर्न लायक क्षण भएको बताउंदै उनलाई’द भ्वाइस अफ नेपाल’को बिजेता बनाउन आफु सबै प्रकारका सहयोग गर्न तयार रहेको र अभियानमा संगसंगै हुने बताउँनुभयो ।

थुप्रै अभाव र दु:ख झेल्दै प्रयासले निरन्तरको साधना र लगावबाट अहिलेसम्मको सफलता हात पार्न सफल भएको बताउंदै वहाँले भविष्यमा नेपाली गीत-संगीतलाई नयाँ उचाईमा पुर्‍याउन सक्ने क्षमता भएका प्रतिभा कुमारलाई आगामी इपिसोडमा बिजयी गराउन उनको पक्षमा भोटिङ गर्नु अनिवार्य रहेको वहाँको भनाई थियो।,

द भ्वाइस अफ नेपालको आउने साताको शुक्रबारदेखि भोटिङ राउण्ड शुरु हुनेछ ।पत्रकार सम्मेलनमा जिमी राई उत्थान समाज सोलुका अध्यक्ष यस बहादुर राई,ब्यबसायीद्वय बलराम गुरुङ र बसन्त बन तथा अभियानका संयोजक पूर्ण खालिङले कुमार प्रयासलाई जिताउन आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै डिजिटल माध्यमबाट उनको पक्षमा भोटिङ गर्न अपिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्