मंसिर २६ गते हर्कपुरमा हुने कार्यक्रम सफल बनाउन परिचालित हुने एमाले सोलुखुम्बुको निर्णय



सोलुखुम्बु।नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले अध्यक्ष केपी ओलीको नेतृत्वमा मंसिर १४ गते सुरु भएको सुरु भएको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ सफल बनाउन परिचालित हुने निर्णय गरेको छ।

केन्द्रीय कमिटी सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर अधिकारीको प्रमुख आतिथ्य तथा जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा बुधबार सम्पन्न जिल्ला कमिटीको बैठकले यात्राका क्रममा मंसिर २६ गते छिमेकी जिल्ला ओखलढुंगाको हर्कपुरमा अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने बृहतसभामा उपल्लो कमिटी, जिल्ला कमिटी लगायत जनबर्गीय संगठन,सम्पर्क मञ्च र सल्लाहकार परिषदका पदाधिकारी तथा सदस्यहरु,निर्बाचित तथा पराजित पार्टीका विभिन्न तहका उम्मेदवारहरु अनिवार्य उपस्थित भएर कार्यक्रमलाई सफल बनाउन परिचालित हुने निर्णय गरेको हो।बैठकले तोकिएका नेता कार्यकर्ताको जिम्मेवारगत हाजिर तयार गर्ने र जिल्ला कमिटीको उपस्थितिलाई बार्‍हौं बैठक मान्ने निर्णय भएको अध्यक्ष बास्तोलाले जानकारी दिए।

बैठकले आर्थिक परिचालन,ब्यबस्थापन र सहयोग संकलनको जिम्मेवारी तोक्नुका साथै कार्यक्रमस्थल हर्कपुरमा स्वागत गेट निर्माण, स्वंयसेवकको संख्या निर्धारण र तयारीको जिम्मेवारी राष्ट्रिय युवासंघका केन्द्रीय सदस्य प्रबेश किरांतीलाई दिएको छ।यसैगरी अभियानमा उपस्थित अध्यक्ष ओली लगायत पार्टीका पदाधिकारीहरुसमक्ष जिल्लाको बिकासका लागि प्राथमिकता दिनुपर्ने योजनाहरुको सूची पेश गर्ने निर्णय पनि बैठकले गरेको छ।

आगामी जिल्ला कमिटी बैठक पुस २१ गतेका लागि तय गर्दै बैठकले पुसको पहिलो हप्ताबाट स्थानीय पार्टी कमिटी र जननिर्वाचित प्रतिनिधिबीच अन्तरक्रिया सुरु गरि योजना र मिति तय गर्ने निर्णय समेत गरेको अध्यक्ष बास्तोलाको भनाई छ।

प्रतिक्रिया दिनुहोस्