महासमिति सदस्य चयनका लागि सोलुखुम्बुमा पुस ३ गते निर्बाचन हुने
सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुको महासमिति सदस्य निर्बाचन आगामी पुष ३ गते हुने भएको छ।

बिधानले तोके भन्दा बढी उम्मेदवारी परेको खण्डमा निर्बाचन गराउनु पर्ने भन्दै निर्बाचन समितिले प्रतिबेदन बुझाउन थप समय माग गरेपछि निर्बाचनका लागि पुस ३ गतेको मिति तय गरिएको नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिए।
कार्य समितिले यसअघि नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनलाई निर्बाचन गरेर प्रतिबेदन पेश गर्ने गरि मंसिर २७ गतेको मिति तोक्दै त्यसको जिम्मेवारी अधिबक्ता बिदुर लामिछानेलाई दिएको थियो।
निर्बाचनको मिति पुस ३ गतेलाई तोकिएपछि अब मंसिर २७ गते भने उम्मेदवारी दर्ताको समय राखिएको छ।संसोधित निर्णय अनुसार निर्बाचन समितिले निर्बाचन सम्पन्न गरि पुस ३ गते नै त्यसको प्रतिबेदन जिल्ला कार्यसमितिमा पेस गर्नुपर्ने कार्यादेश दिइएको सभापति शेर्पाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

