जाजरकोट भुकम्प प्रभावितका लागि एमालेका स्वयंसेवकले गरे ८ सय १३ वटा अस्थायी आवास निर्माण
काठमाडौं।कार्तिक १७ गते गएको जाजरकोट भुकम्प प्रभावितका लागि नेकपा(एमाले)का स्वयंसेवकका लागि ८ सय १३ वटा अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरेका छन् ।

बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पमा परेर ध्वस्त भएका जाजरकोट र रुकुमपश्चिम जिल्लाका ८ सय १३ वटा नीजि आवास र १६ वटा अस्थायी विद्यालयको निर्माण गरेको प्रभावित क्षेत्रमा खटिनु भएका एमाले केन्द्रीय विपत व्यवस्थापन तथा स्वयंसेवक विभागका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो ।
‘जाजरकोट र रुकुमपश्चिममा भवन र भौतिक संरचना मात्रै होइन हरेक मान्छेका मनहरुपनि क्षतविक्षत छन् । विपतले विक्षिप्त भएका मनमा थोरै भएपनि खुशी ल्याउने काम भएको छ। यो बिचमा खुला आकाश मुनी भोको पेटमा, हप्तौं ननिदाएका आँखाहरुमा निद्रा ल्याउने काम भएको छ।’
भौतिक संरचनाको खोज, उद्धार र पुनःनिर्माणको काम गर्ने दौरानमा हामीले स्थानीय जनता र पार्टीलाई भार नपर्ने गरेर आफैले व्यवस्थापन गरेका छौं । २४ घण्टा पैदल यात्रामा रहेको टिका चौर जस्ता गाउँमा समेत स्वयम् सेवक सेवा गरेको संयोजक पौडेलले बताउनुभयो ।
‘हामीले सेना र प्रहरीले सम्हाल्न नसकेका खोज उद्धार र सुरक्षित अस्थायी आवास निर्माण गरेका छौं । नलगाड नगरपालका १ को कल्पतमा कल्पतमा २५ वटा रहर लाग्दा मोडेल घर निर्माण गरेर हस्तान्तरण गरेका छौं । विकट क्षेत्रलाई बढि प्राथमिकता दिएका थियौ । चुनावको प्रचारमा नेताहरु नपुगेको स्थानमा पार्टी हामीले काम गर्नु गरेका छौं । जनताको केहीपनि नलिने र भार नपार्ने निर्देशन पार्टी केन्द्रको थियो तर स्थानीयले बिहानै घरमा फलेको साग, फलफूल, तरकारी,मासु ल्याएको नकार्न सकेनौं’ संयोजक पौडेलले भन्नुभयो ।
दुई हजार अस्थायी टहरा निर्माणको लक्ष्य लिएको एमालेले बाँकी निर्माणको काम जाजरकोट र रुकुम पश्चिम जिल्लाको पार्टीले नेतृत्व लिने भएको छ । देशका विभिन्न जिल्लाबाट खटिएका स्वयम् सेवकहरुलाई बिदाई गर्दै स्वयम् सेवक टोलीका संयोजक पौडेलले निर्माणको कामको जिम्मेवारी पार्टीका जाजरकोट जिल्ला इन्चार्ज खेमबहादुर शाही र रुकुम पश्चिमका अध्यक्ष नन्दराज देवकोटालाई हस्तान्तरण गर्नुभएको छ ।
कार्तिक १७ गते राती भुकम्प गएको भोलिपल्ट एमालेको तर्फबाट उपमहासचिव विष्णु रिमालले स्थलगत अनुगमन गरेर शुरु भएको एमालेको अभियान कार्तिक ३० गते पार्टीको मजदुर संगठन जिफण्टका एक सय जना स्वयम् सेवक परिचालन गरेर शुरु भएको थियो ।
भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिमका वस्तीमा २५ जनाका दरले ४० समुह परिचालन गरिएका थिए ।
File foto