धर्म निरपेक्षता चलायो भने देश नै कोल्याप्स हुन्छ : प्रधानमन्त्री



काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान सन्तुलित भएकाले धर्म निरपेक्षताबाट पछाडि फर्कन नसकिने स्पष्ट पारेका छन् ।

नेपालको संविधानमा रहेको प्रावधान सन्तुलित रहेको बताउँदै प्रधानमन्त्री दाहालले भने,‘हामीले त्योबेला धेरै नै छलफल गरेर एकातिर हाम्रो विरासत र परम्पराको रक्षा गर्न सनातन धर्म संस्कृतिको रक्षा गर्ने कुरा गर्‍यौं, अर्कोतिर बहुजाति र बहुधर्मलाई ख्याल गर्दै धर्मनिरपेक्षता पनि संविधानमा प्रष्टसँग लेख्यौं ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एउटा कार्यक्रममा धर्म निरपेक्षताबारे छलफल गर्न सकिने बताए पनि यसैसाता बसेको नेपाली कांग्रेसको बैठकमा संविधानलाई चलाउनुहुन्न भन्ने निर्णय भएको प्रधानमन्त्री दाहालले सुनाए ।

प्रधानमन्त्री दाहालले धर्मनिरपेक्षताबारे सबै दलहरु एकमत भएको बताउंदै भने ,‘धर्म निरपेक्षता चलायो भने संघीयता चल्छ । संघीयतालाई चलायो भने गणतन्त्र चल्छ र देशै कोल्याप्स हुन्छ ।file foto

प्रतिक्रिया दिनुहोस्