कांग्रेस सोलुखुम्बुले महासमिति सदस्य निर्बाचनबाट छान्ने



सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुले महासमिति सदस्यहरुको निर्बाचन गर्ने भएको छ ।

नेपाली कांग्रेसको बिधान २०१७ (संशोधन सहित) १८ को (ख)को प्रावधान बमोजिम प्रतिनिधित्व गर्ने महासमिति सदस्यहरुको निर्बाचन गर्न लागिएको हो।

नियमानुसार मंसिर २७ गतेसम्म निर्बाचन सम्पन्न गरी सो को प्रतिबेदन पेश गर्ने जिम्मेवारी नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसनका अध्यक्ष अधिबक्ता बिदुर लामिछानेलाई दिइएको नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो।

नेपाली कांग्रेसले आगामी पुस १६ गतेका लागि महासमिति बैठक बोलाएको छ।निर्बाचित हुने सदस्यहरुले सो बैठकमा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्