पहिचानबादीले गरे कटारी-सोलुखुम्बु सडकलाई ‘बलबहादुर राई मार्ग’ नामाकरण



ओखलढुंगा।पहिचानको पक्षमा आन्दोलन गर्दै आएका पहिचान पक्षधरहरुले कटारी-ओखलढुंगा-सोलुखुम्बु सडकलाई ‘बलबहादुर राई मार्ग’ नामाकरण गरेका छन्।

कोशी प्रदेश नामकरणमा असहमति राखेर संघर्ष गरिरहेको पुःन नामांकन संयुक्त संघर्ष समितिले उदयपुरको घुर्मीमा आयोजना गरेको ‘घुर्मी-चिवाभञ्ज्याङ पहिचानवादी जागरण उद्घाटन तथा पहिचान बिरोधी ८२ प्लस बिरुद्ध खबरदारीसभा’मा सिद्दिचरण राजमार्ग भनिदै आएको सो सडक खण्डको नयाँ नामाकरण भएको घोषणा गरेका हुन्।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-१ मोलीमा १९७७ फागुन ६ गते जन्मेका राईको २०६७ असार २० गते निधन भएको थियो। पूर्व मन्त्री राईको सम्झना र सम्मानमा नामकरण गरिएको संयोजक डकेन्द्रसिं थेगिमले बताए।

ओखलढुंगा, सोलुखुम्बु र खोटाङलाई पूर्वसँग जोड्ने एक मात्र कटारी-ओखलढुंगा-सोलुखुम्बु सडक राई आवास तथा भौतिक योजनामन्त्री भएकै वेला निर्माण शुरू भएको थियो।फोटो : सामाजिक सञ्जाल)

प्रतिक्रिया दिनुहोस्