पिता जेलमै,पुत्रसंँग ३० लाख रुपैयाँ धरौटी माग



काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ ।

उच्च अदालत, पाटनले शुक्रबार उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो ।

उनका बुबा टोपबहादुर रायमाझीको हकमा भने उच्च अदालतले जिल्लाकै निर्णय यथावत् रहने आदेश सुनाएको छ । जिल्लाले टोपबहादुरलाई थुनामा राख्न आदेश दिएको थियो ।

प्रहरीले उनलाई २० वैशाखमा बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

नक्कली शरणार्थी प्रकरणमै मुछिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख धरौटी माग गरिएको छ।रिजालले जाहेरीवालासँग रकम लिएको नदेखिएको, उमेर पनि ७६ वर्ष भएको तथा शरणार्थी भएकाले नेपाल छोडेर जाने अवस्था पनि नभएकाले थुनामा राख्न आवश्यक नदेखिएको उच्च अदालतको ठहर छ।

त्यस्तै,हज समितिका अध्यक्ष शमशेर मियाँ र पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीसंग पनि जनही १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका हरिभक्त महर्जन १५ लाख धरौटी धरौटी जमानतमा छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्