माप्य दुधकोशीमा शिक्षा समितिको बैठक सम्पन्न,गर्यो यस्ता निर्णय
सोलुखुम्बु। माप्य दुधकोशी गाउँपालिकामा ‘मेरो रोजाइ,मेरो सिकाई’ कार्यक्रम सञ्चालन हुने भएको छ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा सोमबार सम्पन्न पालिका शिक्षा समितिको बैठकले तत्काल सो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकले देशका उत्कृष्ट विद्यालयहरुले शैक्षिक उन्नयनका लागि अबलम्बन गरेको तरिका र शिक्षण बिधिलाई भित्र्याएर पालिका भित्रका विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न पौष महिनाको अन्तिममा शैक्षिक भ्रमण गर्ने निर्णय गरेको पनि गरेको छ।देशकै नमुना बनेका विद्यालयहरुको अवलोकनका लागि हुने शैक्षिक भ्रमणमा जनप्रतिनिधि र शिक्षकहरु सहभागी हुने बताईएको छ।
यसैगरी विद्यार्थीहरुलाई क्षमता अभिबृद्दि तालिम नि:शुल्क प्रदान गर्ने,कक्षा १ देखि ५ सम्मका सबै बिद्यालयहरुमा शैक्षिक सामाग्री बितरण गर्ने,बाल बिबाह न्यूनीकरण लागि बिद्यालयका किशोरकिशोरी लक्षित कार्यक्रम संचालन गर्ने र राष्ट्रपति रनिङ्गशील प्रतियोगिता पौष महिनाको १३,१४र १५ गते सम्पन्न गर्ने निर्णय गरेको समितिले जनाएको छ।

