इन्भेष्टमेन्ट मेगा बैंकको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर



काठमाडौं।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसीएचएलसँगको सहकार्यमा एक अफर सार्वजनिक गरेको छ ।

आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताहरुका लागि बैंकले फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर’ अफर सार्वजनिक गरेको हो । सो अफर अन्तर्गत हरेक तीनजना भाग्यशाली प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एपबाट कनेक्टआईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १–१ थान स्मार्टफोन जित्न सक्नेछन् ।

सो अफर मंसिर १० गते देखि पुष ९, २०८० गतेसम्म लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्