नजरबन्दमा प्रसाई,भन्छन्-‘अब हामी सकिन्छौं भनेर मलाई नजरबन्द गरियो’
काठमाडौ।प्रशासनले आफूलाई नजरबन्द गरेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो धारणा सार्वजनिक गरेका छन्।शुक्रबार तीनकुनेमा आन्दोलन गर्ने बताएपछि प्रहरी प्रशासनले प्रसाईंलाई उनको निजी निवास भक्तपुरमै नजरबन्द गरेको थियो।
त्यसपछि उनले प्रतिक्रिया दिँदै भने– ‘सत्य कुरा बाहिर ल्यायो, अब हामी सकिन्छौं भनेर मलाई नजरबन्द गरियो।’
आफू नजरबन्दमा परे पनि आफ्नो विचार र नेताको असली अनुहार जनतालाई बताइसकेकाले केही फरक नपर्ने उनले बताए।
नागरिक बचाउ अभियानका नाममा प्रसाईंले अराजक शैलीमा भाषण गर्नेदेखि प्रदर्शन गर्ने र गणतन्त्र फालेर राजा ल्याउनेसम्म बताउँदै आएका छन्।आज शुक्रबारसमेत प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए। तर उनलाई घरबाट बाहिर निस्कन नदिई नजरबन्दमा राखिएको छ।