बल्ल कार्यान्वयनमा आयो नि:शुल्क कम्पनी दर्ता गर्ने ब्यबस्था
काठमाडौं ।निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको सो ब्यबस्था आर्थिक बर्ष सुरु भएको ३ महिनापछि सोमबारबाट कार्यान्वयनमा आएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा यसअघि लाग्दै आएको दस्तुर मिनाहा गरेको हो ।
उक्त व्यवस्थासँगै अब कम्पनी दर्ता गर्दा र पूँजी वृद्धि गर्दा कुनै शुल्क लाग्ने छैन । संशोधित राजपत्रअनुसार कम्पनी ऐन २०६३ को दफा ५ बमोजिम प्राइभेट लिमिटेड कम्पनी तथा पब्लिक लिमिटेड कम्पनी दर्ता गर्दा, दर्ता भइसकेको कम्पनीले पूँजी वृद्धि गर्दा अब कुनै शुल्क लाग्ने छैन ।
कम्पनी रजिष्ट्रार कार्यालयकअनुसार अब विदेशी कम्पनीले शाखा कार्यालय तथा सम्पर्क कार्यालय दर्ता तथा मुनाफा वितरण नगर्ने गरी कम्पनी स्थापना गर्दा लाग्ने शुल्क तथा दस्तुर पनि चालु आर्थिक वर्षका लागि पूर्ण छुट दिने निर्णय गरिएको छ ।

