काठमाडौं महानगरमा भोलि शोक बिदा, शिक्षण संस्थाहरु भने बन्द नहुने



काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुद रिजालको निधनमा महानगरले शुक्रबार महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ ।

उच्च ज्वरो र निमोनियाँबाट पीडित रिजालको बिहीबार उपचारको क्रममा निधन भएको थियो ।५ दिनको उपचार अवधि मध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।

रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान राष्ट्रिय सभा गृहमा राखिएको थियो भने । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए । उनको जन्म २०२७ साल कार्तिक १९ गते भएको हो ।

शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्