अन्नपूर्ण वहुमुखी सहकारीमा नयाँ नेतृत्व : अध्यक्षमा बस्नेत, सचिबमा पराजुली
भक्तपुर।अन्नपूर्ण बहुमुखी सहकारी संस्थाको अध्यक्षमा श्याम कुमार बस्नेत निर्बाचित भएका छन् ।शनिबार सम्पन्न संस्थाको २६ औं बार्षक साधारणसभा तथा अधिबेशनले बस्नेतलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो।

अधिबेशनले संस्थाको उपाध्यक्षमा गोपालसिंह राजपूत र सचिबमा राजनप्रसाद पराजुलीसहित ११ सदस्य संचालक समिति तथा सुनिल पराजुलिकाे नेतृत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि सर्वसम्मत चयन गरेकाे निर्बाचन मण्डलले जनाएको छ।
२०५४ सालमा स्थापित भक्तपुरको गठ्ठाघरमा मुख्यालय रहेको सो संस्थाका वनेपा, जाेरपाटी, कुन्तावेंशी,चाँगुनारायण र तरकारी तथा फलफुल वजार संचालन उप समिति गरी पांँच वटा सेवा केन्द्र रहेका छन्।
४ हजार ८ सय ३७ जना शेयर सदस्य रहेकाे सो सहकारीले गत आर्थिक वर्षमा काराेवार ८४ करोड ८९ लाख ५६ हजार ७ सय अन्ठाउन्न रुपैयाँ कारोबार गरेको उद्घाटन सत्रमा जानकारी गराईएको थियो ।
प्रतिनिधिसभा सदस्य दुर्लभ थापाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रको अध्यक्षता अध्यक्ष देवराज न्याैपानेले र सञ्चालन सचिब श्याम कुमार बस्नेतले गरेका थिए।

