उपन्यासकार शंकर भारतीको’अनुपम देवता’ बारे अन्तरक्रिया सम्पन्न



काठमाडौं । उपन्यासकार शंकर भारतीको’अनुपम देवता’ उपन्यासको तेस्रो सस्करणको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

साहित्यकार श्रीओम श्रेष्ठ “रोदन”को अध्यक्षता तथा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा उपन्यास समाज नेपालद्वारा शनिबार आयोजित सामाजिक विकास समाज काठमाडौंमा आयोजित सो कार्यक्रममा ‘अनुपम देवता’ उपन्यासबारे चर्चा गरिएको थियो ।
पहिलो सस्करण २०२७ सालमा प्रकाशित भएको हो ।

कार्यक्रममा सो उपन्यासबारे समालोचकहरु डा. दामोदर पुडासैनी, डा. शान्तिमाया गिरी, डा. रामप्रसाद ज्ञवाली, डा. मधुसूदन लामिछाने, डा. दिनबन्धू शर्माले आआफ्नो पाठकीय मन्तव्य राख्नु भएको थियो ।

यसैगरी उपन्यासकार शंकर भारतीले आफ्नो उपन्यास लेखनबारे चर्चा गर्नु भएको थियो ।

यसैगरी सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव धनप्रसाद सुवेदी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोक, महासचिव देविका तिमिल्सिनालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा साहित्यकार वियोगी बुढाथोकीले स्वागत तथा विष्णुबहादुर सिंहले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गर्नु भएको थियो ।

वि. स. २०१३ सालमा डिल्लीबजार, काठमाडौंमा जन्मिनु भएका भारतीको अर्को जुनी, प्रेम तपस्या, अनुपम देवता, महापुरुषको सन्तान र अग्नि परीक्षा उपन्यासहरु प्रकाशित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्