‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुंदो रहेनछ’भन्दै वडाध्यक्षले गरे आत्महत्या
रुपन्देही । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

उनले आज बिहान करिब ५ बजे तिर फेसबुकमा भावुक स्टाटस लेखेका थिए ।घर नजिकैको रुखमा घिमिरे झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।घिमिरे शुक्रवार अपराह्न घरबाट निस्केर रातभर घर समेत नफर्केको पारिवाले प्रहरी कार्यालयलमा जानकारी दिएका छन ।
उनले फेसबुकमा लेखेका थिए- परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिता: साथ निभाउन सकेन । मलाई माफ गरे। घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा ।(सांकेतिक तस्बिर)

