बंगलादेशी पर्यटकहरुलाई पर्यटन बोर्डको भब्य स्वागत



काठमाडौं।नेपाल पर्यटन बोर्डले पहिलो पटक नेपाल आएका झन्डै २ सय बंगलादेशी पर्यटकहरूलाई पञ्चेबाजा सहित स्वागत गरेको छ।

७ सय मध्ये जहाज चार्टर्ड गरेर नेपाल आएका पहिलो लटका बंगलादेशी पर्यटकलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको हो।

नेपाल आउने बंगलादेशी पर्यटकलाई नेपालको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले ‘ग्राउन्डह्यान्डलिङ’ गरेको छ। उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार बंगलादेशबाट उडानमार्फत् नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो।

राजधानी ढाकामा रहेको माउन्टेन क्लबमार्फत् बंगलादेशी पर्यटक नेपाल आउन लागेका हुन्। यसले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने बताइएको छ।

नेपाल भ्रमण गर्न पाउँदा पर्यटकहरु निकै नै उत्साहित देखिएका छन्। नेपालको सुन्दरता हेर्न र नेपाली खाना खान आफूहरु धेरै नै उत्साहित भएको बंगाली पर्यटकहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्