संसद विघटन त्यतिबेलाको सही कदम : अध्यक्ष ओली



काठमाडौं।नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन त्यतिबेलाको सहि कदम भएको जिकिर गरेका छन् ।

मंगलवार नेकपा(एमाले) वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधि सभा विघटन गरेको बताएका हुन । उनले प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने बताए ।

उनले प्रतिनिधि सभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरुले संगठन बिस्तार र सुदृढ गरेर मजबुत र प्रमुख पार्टीको रुपमा पुनःस्थापित गरी प्रतिनिधि सभामा प्रवेश गरेको बताए । उनले प्रतिनिधि सभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरे ।

प्रतिनिधिसभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका
आफूहरुले संगठन बिस्तार र सुदृढ गरेर मजबुत र प्रमुख पार्टीको रूपमा पुनःस्थापित गरी प्रतिनिधिसभामा प्रवेश गरेको उनले बताए । प्रतिनिधिसभा विघटन त्यसबेलाको अपरिहार्यता भएको उल्लेख गर्दै उनले सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरे ।

उनले भने, ‘हामीले पुष ५ गते प्रतिनिधि सभा विघटनको सिफारिस गर्‍यौँ। विघटन गर्‍यौँ। हामीले ठीक ठानेर गर्‍यौँ। ठीक भनेर गर्‍यौँ। ठीक थियो र गर्‍यौँ। नगरी नहुने थियो र गर्‍यौँ। विल्कुलै समसामयिक कदम चाल्यौँ। होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो।’

अध्यक्ष ओलीले माधवकुमार नेपाल वामपन्थी आन्दोलन समाप्त पार्नका लागि हदैसम्म गिरेको आरोप लगाए । नेपालले दुईतिहाइको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी र दक्षिणपन्थी सरकार बनाउन भोट दिएको उनले बताए ।
file foto

प्रतिक्रिया दिनुहोस्